कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरू

63

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने शुरू भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको केन्द्रीय कार्यसमिति बैठक पुस १० मा स्थगित भएको थियो। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेको कदमलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक भनेको छ। कांग्रेसले प्रधानमन्त्रीको उक्त कदमबारे १६५ क्षेत्रबाट गत पुस १३ गते विरोध गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here