पारस खड्का कोरोना सङ्क्रमणमुक्त

98

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलिका अलराउन्डर एवम् पूर्ब कप्तान पारस खड्का कोरोना भाइरस सङ्क्रमणमुक्त हुनुभएको छ । पारसले आफ्नो सामाजिक सञ्जालमा सङ्क्रमणमुक्त भएको जानकारी साझा गर्नुभएको हो ।

अलराउन्डर पारस खड्काले करिब २५ दिन अलग्गिएर बस्दा कैयौंपटक पीसीआर गरिएकोमा सोमबार अबेर मात्रै रिपोर्ट निगेटिभ आएको उल्लेख गर्नुभएको छ । नेपाल क्रिकेट संघले अन्तर्राष्ट्रिय स्पर्धाको तयारीस्वरुप गत् मंसिर १० गतेबाट बन्द प्रशिक्षण सुरु गर्नुअघि खेलाडीहरुको कोभिड परीक्षण गरेको थियो । उक्त क्रममा पूर्ब कप्तान पारस खडकामा सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ आइसोलेशनमा बस्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here