नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ सार्वजनिक

194

काभ्रे । लेखक प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राका इन्द्रेणी रङ’ एक समारोहका बीच सार्वजनिक गरिएको छ ।

काभ्रे, पनौतीमा शुक्रबार आयोजित एक कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने, साहित्यकारद्वय मोहन दुवाल र श्रीओम श्रेष्ठले कृतिको संयुक्तरूपमा विमोचन गरेका थिए  । नियात्रासंग्रह सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले नगरपालिकाले विकास निर्माणका साथै साहित्य, कला, संस्कृतिका क्षेत्रमा समेत काम सुरु गरेको बताए । उनले आगामी दिनमा नगरले साहित्य, संस्कृतिका क्षेत्रमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै पनौतीले एक थप साहित्यकार पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार मोहन दुवालले काभ्रे साहित्यकार उत्पादन गर्ने जिल्लाका रूपमा परिचित रहेको बताए । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले सापकोटाको यो पहिलो नियात्राकृति भए पनि कृतिमा अब्बल नियात्रामा हुनुपर्ने गुणहरू रहेको उल्लेख गरे ।

नियात्राकार जय छाङछाले पुस्तकमा लेखक निजात्मक शैलीमा इमानदार भएर पोखिएको बताए । कवि डा.विदुर चालिसेले नियात्रा खारिएका लेखकको भन्दा कम नभएको बताए । लेखक तथा पत्रकार दीपक सापकोटाले नियात्रासंग्रहमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजु, डा. सुमनराज ताम्राकार, दिनमान गुर्मछान, नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, नरेन्द्रकुमार नगरकोटी, प्रदीप सापकोटाले पनि आफ्ना धारणा राखेका थिए । पुस्तक शाब्दिक बुक्सले प्रकाशन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here