अवैध लागूऔषध सहित पक्राउ

176

झापा-बुद्धशान्ति गाउँपालिका-४ किँरात चोकबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रवेश माझीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । ।

यसैगरी झापाकाे मेचिनगर नगरपालिका-६ गैरीगाउँबाट नियन्त्रित लागूऔषध ३० सिसि लुपिजेसिक, ३० सिसि डाइजेपाम र ३० सिसि प्रोमोथाइजिन सहित दमक नगरपालिका-५ बस्ने १५ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित
फेला पारी ती किशोरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here