आगलागीबाट धनमाल जलेर नष्ट

88

काठमाडौं – ईलामका सूर्योदय नगरपालिका-९ सुन्दरपानी बस्ने पेमा यल्मुको घरमा मंगलबार बिहान आगलागी हुँदा घरमा रहेको किराना पसल, लत्ता कपडा, भाँडा वर्तन लगायतका सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

अर्घाखाँची, पार्णेनी गाउँपालिका-५ तल्लो अमजा बस्ने टोमकलि समैको घरमा सोमबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ता कपडा, सुनचाँदी र नगद १ लाख ७५ हजार गरेर करिब ६ लाख ९७ हजार ९ सय बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप
अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here