जसपाका काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिलाई मातृशाेक

160

काठमाडौं -जनता समाजवादी पार्टी (जसपा) का काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको निधन भएको छ ।

प्रजापतिकी आमा लक्ष्मी प्रजापतिको शुक्रबार  विहान ३ बजे ६० वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको हो । विहान ३ बजे एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र लगिएको थियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्वर्गीय प्रजापतिको शुक्रबारै काठमाडौं ईन्द्रायणीमा अन्त्येष्टि सम्पन्न भएको छ । स्वर्गीय प्रजापतिलाई उनका सुपुत्र श्यामकृष्णले दागबत्ती दिएका थिए । वि.सं.  २०१७ सालमा  माघमा जन्म भएको थियो । उनका एक छोरा श्यामकृष्ण र एक छोरी छन् । जसपा काठमाडौं जिल्ला अध्यक्ष प्रजापतिका बुवाको १५ महिना अघिमात्रै निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here