कोभिड—१९ विरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशकले लगाउने

151

काठमाडाैं – कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको खोप अभियान   शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट सुरु गरिने भएको छ । माघ १४ गते अर्थात बुधबार १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गर्ने अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले जानकारी दिए ।

कोरोनाविरुद्धको पहिलो खोप पनि अस्पतालका निर्देशक डा. राजभण्डारीले लगाउने छन् । यस्तै दोस्रो सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले लगाउने छन् । त्यसपछि टेकु अस्पतालका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप लगाइनेछ  ।  टेकु अस्पतालबाट एक हप्ताको अवधिमा करिब ३ हजार ५ सय फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई खोप दिइने निर्देशक डा.भण्डारीले जनाए ।

काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल,भक्तपुर अस्पताल,शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र,काठमाडौं मेडिकल कलेज, शहिद गंगालाल अस्पताल गरि ११ वटा अस्पतालबाट खोप दिने कार्यक्रम छ ।  बुधबार देशभरका ६२ अस्पताल  र १ सय २० वटा खोप केन्द्रबाट खोप अभियान सुरु हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here