एजेन्सी – भारतका पाँच वर्षीय बालक आयुष केएसले एक घण्टामा २० वटा कथाका पुस्तक पढेर दुबईमा कीर्तिमान कायम गरेका छन् ।
जेएसएस इन्टरनेशनल स्कुलकाे किन्टरगार्डेनमा पढ्दै आएका आयुषले आफ्ना उमेर समूहकालाई पढ्न प्रेरित गरेन ‘रिडिङ रुम बाइ आयुष’ नामको युट्युब च्यानल पनि चलाउँदै आएका छन् । उनले एक घण्टा पढेकाे भिडियाे पनि उनकाे च्यानलमा देख्न सकिन्छ ।
आयुषका बुबा सुपाल केजीले भने, ‘आयुषलाई विश्वभरका लेखकहरूले उनीहरूकाे पुस्तक युट्युब च्यानलमार्फत पढिदिन डाक्ने गरेका छन् । आयुष ती पुस्तक र पत्रिका पनि पढ्न निकै रुचाउँछन् । हामीले उसका लागि थुप्रै पुस्तक किनिदिएका छाैँ । पछिल्लाे पटक हामीले एकैपटक ४० वटा पुस्तक किनेर ल्याइदिएका थियाैँ । उनले निकै छाेटाे समयमा ती पुस्तक पढिसक्छन् ।’


















