लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख : राप्रपा अध्यक्ष थापा

79

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुक लोकतन्त्रको नाममा सर्वसत्तावादतर्फ उन्मुख भएको खुलाशा गरेका छन् ।

राप्रपा प्रवास महासंघले आइतबार आयोजना गरेको ग्लोबल जुम बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपा राजसंस्था र हिन्दूत्त्वको धरातलमा उभिएर  मुलुकमा आर्थिक,सामाजिक,राजनितिक, सांस्कृतिक रुपान्तरण गर्न चाहन्छ भन्दै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको अन्त्यको निमित्त अहिले बुलन्द आवाजको आवश्यकता भएको जनाए ।

सर्वोच्चमा विचाराधीन विषयमाथि दबाब र प्रभाव अनुचित हुने जनाउँदै थापाले सडक प्रदर्शन र वक्तव्यबाजी असान्दर्भिक भएको समेत उल्लेख गरे। राजसंस्था र हिन्दूराष्ट्रको मुद्दा राष्ट्रिय एजेन्डा बन्दै जानुपर्ने र जनमतको वृद्धिलाई सकारात्मक उपलब्धि ठान्नुपर्ने भन्दै थापाले प्रवासमा पनि पार्टीको सक्रिय सदस्यता अभियानलाई सघन रुपमा अघि बढाउन आग्रह गर्दै प्रवासबाट महाधिवेशनमा सहभागिताको सुनिश्चित भएकोमा बधाईसहित खुशी प्रकट गरे।

कार्यक्रममा प्रवास संगठनका नेताहरू प्रेमकुमार श्रेष्ठ, लोक तिवारीलगायत विभागका प्रमुख विजय खड्काले समेत धारणा राखेका थिए। बैठकमा २६ देशका प्रतिनिधिहरुको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here