काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक बढेर सेयर बजार हरियाली देखिएको छ ।
नेप्सेमा कारोबार हुने अधिकांश सब इन्डेक्सहरु बढेका छन् । सोमबार नेप्से परिसूचक ३७ दशमलव ७० अंकले बढेर २ हजार ४ सय माथि पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.९५ अंकले वृद्धि भएको छ । सेयर कारोबार रकम ७ अर्ब रुपैयाँ नाघेको छ । कारोबार रकम आइतबारको तुलनामा कम हो । ५४ अंक भन्दा धेरैले बजारमा पहिरो जादा पनि आयतबार ९ अर्ब नजिक कारोबार रकम पुगेको थियो ।
उता आज धेरै बढ्नेहरुमा सेञ्चुरी कमर्सीयल बैंक पनि देखिएको छ । नविल बैंकसँग मर्जरमा जादैछ भन्ने हल्लाका कारण सेञ्चुरीको सोमबार सेयर मूल्य बढेको हो ।