बख्तरबन्द गाडीसहित बुधबार पनि सडकमा प्रदर्शन

71

काठमाडाैं -नेपाली सेनाले बख्तरबन्द गाडीसहित हिजाे सोमबार राति सडकमा प्रदर्शन गरेको छ । उपत्यकाको चक्रपथसहित देशका विभिन्न ठाउँका सडकमा बख्तरबन्द गाडी निस्किएको थियाे ।

बख्तरबन्द गाडीसहित सेनाको प्रदर्शनलाई महत्त्वपूर्ण र आशंकाका रुपमा हेरिए पनि नेपाली सेनाले नियमित अभ्यास नै  भनेको छ । बख्तरबन्द गाडीसहित प्रदर्शन गर्नु अगाडि नै सेनाले यसबारे जानकारी दिएको थियो ।  गएको आइतवार सेनाले ट्वीटमार्फत नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार सोमवार राति बख्तरबन्द गाडीहरुले काठमाडाैं चक्रपथको चक्कर लगाउने जनाएकोछ ।

यस्तै, सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट भोलि बुधवार बिहानै देशका विभिन्न ठाउँमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here