अनेमसंघले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग

108

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

 बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।

साे ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरू प्रयोग गरेको उल्लेख गरेकाे छ ।

उनलाई प्रक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको अनेमसंघकी नेतृ सुजिता शाक्यले  जनाइन् ।

झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको उनले  भनिन्  ।

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले  जनाइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here