बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।
साे ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरि व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरू प्रयोग गरेको उल्लेख गरेकाे छ ।
उनलाई प्रक्राउ गरी कानून बमोजिम कारबाही गर्न माग गरिएको अनेमसंघकी नेतृ सुजिता शाक्यले जनाइन् ।
झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको उनले भनिन् ।
गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडी बढाउने बताएको नेतृ शाक्यले जनाइन् ।
















