बन्द हडताल संस्कार विरुद्ध प्रदर्शन

133

काठमाडाैं – नेकपाले आव्हान गरेको नेपाल बन्दको विरुद्धमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । विवेकशील साझा पार्टीको अभियान विभागले बन्द हडतालको संस्कार विरुद्ध प्रदर्शन गरेको हो ।

विवेकशील साझा पार्टीले विगत १० वर्षदेखि कुनै पनि पार्टीले बन्दको आवहान गर्दा बन्दको विरोध गर्दै आएको छ।  विवेकशील साझाका अभियन्ताहरूले बन्दले देश बन्दैन, नेपाल खुल्ला छ, गरी खान देऊ जस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए । प्रदर्शनको क्रममा बोल्दै पार्टी संयोजक मिलन पाण्डेले भने, “विवेकशील साझा पार्टी आफ्ना राजनीतिक उपादेयताका लागि यस्ता कुसंस्कारगत आपराधिक अभ्यासको सहारा कहिल्यै लिने छैन, नागरिकको मौलिक हक अधिकार सुरक्षण तथा सुसंस्कृत राजनीतिक अभ्यासका पक्षमा विवेकशील साझा आम नेपाली सँगै अग्रपङ्क्तिमा उभिने जानकारी दिए ।”

नागरिकको स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउने अधिकार र आम जनजीवन प्रतिकुल हुने गरी आह्वान हुने बन्दहड्तालका अलोकतान्त्रिक अराजक कार्यक्रमहरूको विवेकशील साझाले प्रतिरोध गर्ने पार्टीका नेताहरूले जनाए ।

“परम्परागत राजनीतिक दलहरूले यस्तो कुसंस्कारको जगेर्ना गर्न नछाड्ने नै हो भने आम सर्वसाधारण , पेसाकर्मी तथा व्यापार-ब्यवसायीले स्वतःस्फूर्त नागरिक अवज्ञा आन्दोलनमा उत्रने छन् । ” – पार्टीको अभियान विभाग प्रमुख प्रमेश श्रेष्ठले भने ।

 सरकारको असंवैधानिक कदमहरूको विपक्षमा विवेकशील साझा पहिलो दिनदेखि सडकमा आएको हो र सबै शान्तिपूर्ण प्रदर्शनहरूमा हाम्रो एक्वेबद्धता रहन्छ ।  नागरिकलाई दुःख दिने बन्द हड्दाल जस्ता अराजक कार्यमा साथ दिन नसकिने विवेकशील साझा स्पष्ट पार्न चाहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here