श्री चन्द्रोदय टोलविकास संस्थाले दक्षिणकाली मन्दिर निर्माण गरिने

237

गोरखा-श्री चन्द्रोदय टोलविकास संस्थाका अध्यक्ष  नरहरी ज्ञवालीको अध्यक्षतामा भएको साधारणसभामा गोरखा नगरपालिका वडा नं. ७ का अध्यक्ष बिष्णु प्रशाद श्रेष्ठको प्रमुख आतिथ्यतामा माघ २४ गते शनिवार कार्यक्रम सम्पन्न भएको छ।

सो संस्थाका सचिव सुमन ज्ञवाली र कोषाध्यक्ष मनोहरी ज्ञवालीले सचिव र कोषाध्यक्षको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सदस्य कृष्णबहादुर राना मगरलाई समाजमा उत्कृष्ट कार्य गरेवापत नगद २५,००।-  सहित सम्मान गरिएको थियो । साथै गत वर्ष सडक निर्माणको लागि आर्थिक सहयोग गर्नुहुने स्थानिय सदस्य हाल भक्तपुर निवासी निर्मल ज्ञवालीको तर्पmवाट रू २०,०००।- तथा ठुलो सामुदायिक बन उपभोक्ता समितिवाट रू २०,०००।- सहयोग गर्नुभएकोमा धन्यवाद दिए ।

श्री चन्द्रोदय टोलविकास संस्थाको तर्पmबाट स्थनिय विकासको लागि नयाँ कार्यक्रम वनभोज क्षेत्र विकास र दक्षिणकाली मन्दिर निर्माणका लागि तेज बहादुर रोकाद्वारा मन्दिर निर्माणका लागि रू २,०००००।- वरावरको  ४ आना जग्गा दान, हाल अमेरिका निवासी भरत सिंह पेलाको तर्पmबाट मन्दिरको जग लगाउन रू ५०,०००।- आर्थिक सहयोग, हाल जापान निवासी नानिमाया थापा मगरद्वारा रू २,५०,०००।- वरावरको पाटी निर्माण सहयोग, गो.न.पा. ७ का वडा अध्यक्ष विष्णु प्रशाद श्रेष्ठद्वारा रू २०,०००।- बरावरको १० घण्टा डोजरलगाई जग्गा सम्याउन गरेको थियो ।

शनिबार सम्पन्न अधिवेशनवाट नयाँ कार्य समितिमा अध्यक्ष विजय ज्ञवाली उपाध्यक्ष,  संगिता मजकोटी सचिव, सुमन ज्ञवाली, सचिवमा गणेश राना मगर कोषाध्यक्षमा नरहरी ज्ञवाली सदस्य, पवित्रा बयलकोटी सदस्य चयन भएको छ ।

नारायण बहादुर राना मगर नवनिर्वाचित पदाधिकारीहरूलाई वडा अध्यक्ष विष्णु प्रशाद श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाउनुभएको थियो। कार्यक्रमकाे अन्तमा नव निर्वाचित अध्यक्ष विजय ज्ञवालीले भावि विकास कार्यक्रमको प्रतिवद्दता मन्तव्य राखेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here