वीर अस्पतालका चिकित्सक फेरि आन्दोलित

63

काठमाडौं  । वीर अस्पतालका चिकित्सकहरु फेरी आन्दोलित भएका छन् ।

कोरोना महामारीको समयमा फ्रन्टलाईनमा बसी काम गरेवापतको जोखिम भत्ता नपाएको भन्दै चिकित्सकहरु धर्नामा बसेका हुन् ।

कारोना भाइरसको समयमा काम गरेबापत् सरकारले उपलब्ध गराउने भनेको जोखिम भत्ता नपाएको भन्दै आज पनि उनीहरुले इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने भएका छन् ।

यता, मनमोहन मेमोरियल सामुदायिक अस्पतालका कर्मचारीहरू पनि आन्दोलित भएका छन् । कर्मचारीहरुले २०७७ साल वैशाख महिना देखि तलब नपाएको भन्दै आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

स्वयम्भूस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा बिहान १० बजे नेपाल स्वस्थ्यकर्मी तथा कर्मचारी युनियनको अगुवाईमा प्रदर्शन गरिने कर्मचारीहरुले बताएका छन् ।

यसैबिच, टिचिङ अस्पतालमा रहेका बेवारिसे लासको उचित ब्यवस्थापन गराउन सरकारलाई दवाव सिर्जना गर्न आज सचेतनामुलक कार्यक्रम आयोजना गरिने भएको छ ।

सामाजिक संस्था अनुसुया रिसर्च सेन्टरका सदस्यहरू सुगम जंग केसी, सुनिल महर्जन र लोहित श्रेष्ठले टिचिङ अस्पतालमा रहेका बेवारिसे लासको उचित ब्यवस्थापन गराउन सरकारलाई दवाव सिर्जना गराउन भनि सचेतनामुलक कार्यक्रम आयोजना गर्न लागिएको हो । बिहान सवा १० बजे माइतीघर मण्डलामा सचेतनामुलक कार्यक्रम हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here