बुढा नेताहरूलाई विस्थापित गरेरै छाड्छौं : नेता थापा

155

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले अब बुढा नेताहरुलाई विस्थापित गरेर नेतृत्वमा आफूहरु नै आउनेगरि तयारी थालेका छन् । युवा नेताहरु डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे र प्रदीप पौडेल लगायतले अब पार्टीको नेतृत्वमा आफूहरु नै स्थापित हुनेगरि एक ढिक्का भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरु हालै काभ्रेको धुलिखेलमा गोप्य छलफलमा समेत बसेको कांग्रेसनिकट उच्च स्रोतले जानकारी दिएको छ । धुलिखेलको भेलामा युवा नेताहरुले आगामी १४औं महाधिवेशनमा युवा पुस्ता एक भएर जाने र बुढा पुस्तासँग प्रतिष्पर्धा गर्ने निर्णय गरेका छन् । पछिल्लो समय कांग्रेसमा युवा नेताहरु नेतृत्वमा आउनेगरि बहस चलेको छ । बुढा नेताहरुलाई अभिभावकीय जिम्मेवारीमा राखेर आफूहरु पार्टीमा नेतृत्वदायी भूमिका जानेबारे युवा नेताहरुले छलफल तथा अन्तरक्रिया गरिरहेका छन् । युवा नेताहरुले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तालाई विदा लिन आग्रह गर्दै आएका छन् ।

पार्टीको १४औं महाधिवेशनमा सभापति देउवा नै उठ्ने चर्चा छ । यता, पौडेल समूहबाट भने को लड्ने ? भन्नेबारे अहिलेसम्म कुनै टुँगो लागेको छैन् । तर, नेतृत्वमा यसपटक पनि कडा प्रतिष्पर्धा हुने बुझिएको छ । देउवानिकट उपसभापति विमलेन्द्र निधिले पनि आफू यो पटक सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here