इन्फ्रास्ट्रक्चर बैंककाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम

190

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड बीच प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० कायम भएको २०,००,००,००० कित्ता सेयर सूचिकरण गर्ने सम्झौता भएको छ ।      नेपाल इन्फ्रास्ट्रक्चर बैंकले धितोपत्र निस्काशन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ८,००,००,००० कित्ता सेयर सर्वसाधारण, कर्मचारीहरु र सामुहिक लगानी कोषका लागि विक्री खुल्ला आब्हान गरेको र बैंकका संस्थापकहरुले लगानी गरेको १२,००,००,००० कित्ता सेयर समेत गरी जम्मा २०,००,००,००० कित्ता सेयर वितरण भई नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण भएको छ ।

सेयर सूचीकरण सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभयो ।

नेपाल स्टक एक्सचेञ्ज र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सम्झौता भएको दोस्रो दिनबाट नेपाल स्टक एक्सचेञ्जमा बैंकको धितोपत्र ‘निफ्रा’को कोडबाट दोस्रो बजारमा कारोबार शुरु हुनेछ । बैंकले सेयर सूचीकरण पश्चात दिनुपर्ने सेयर रजिष्ट्रार सेवाको लागि ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेेेेेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here