एट्लान्टालाई हराउँदै मड्रिड अन्तिम आठमा पुग्न सहज

170
Real Madrid's French defender Raphael Varane (Top R) and Real Madrid players congratulate Real Madrid's French defender Ferland Mendy (C-R) after he opened the scoring during the UEFA Champions League round of 16 first leg football match Atalanta vs Real Madrid on February 24, 2021 at the Atleti Azzurri d'Italia stadium in Bergamo. (Photo by Tiziana FABI / AFP)

बिहीबार बिहान सम्पन्न खेलमा पहिलो हाफको १७औं मिनेटमै एटलान्टाका मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड पाएपछि खेलको लय नै परिवर्तन भएको थियो । दश खेलाडीमा सीमित एटलान्टाले पहिलो हाफ गोलरहित बराबरीमा खेले पनि दोस्रो हाफको ८५औं मिनेटमा रियलका फरल्याण्ड मेन्डीले गोल गरे । यो गोल नै निर्णायक बन्न पुग्यो ।

यो पनि पढ्नुहोस  कमेडी च्याम्पियन–२ का लागि २४ प्रतियोगी चयन

त्यसैगरी आजै सम्पन्न अर्को खेलमा आफ्नै घरेलु मैदानमा बोरुसिया मोनचेनगल्यानब्याच म्यानचेष्टर सिटीसँग स्तब्ध बन्न पुगेको छ । च्याम्पियन्स लिगको पहिलो लेगमा बरुसियालाई २–० ले पराजित गर्दै सिटीले पनि अन्तिम आठको बाटोलाई सजिलो बनाएको हो ।

पहिलो हाफको २९औं मिनेटमा बेरनाडो सिल्भाले गरेको गोलले अग्रता लिएको सिटीले दोस्रो हाफको ६५औं मिनेटमा ग्याब्रियल जेससले अर्को गोल गर्दै अग्रतालाई दोब्बर बनाएपछि यो जीत म्यानचेष्टर सिटीको हातमा गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here