काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसका साथै, तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो ८९ हजार ३५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
त्यस्तै, चाँदीको मुल्य भने आज बढेको छ । बुधबार १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।


















