अदालतले संविधानकाे व्याख्या गर्ने हाे, जुलुस नाराकाे हाेइन : प्रचण्ड

292

काठमाडौं– नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतले जुलुसनाराको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन्। आमसभामा उनले अदालतलाई लक्षित गर्दै बोलेका कुराविरुद्ध सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिँदै यस्तो जनाएका छन् ।

आइतबार आफैं अदालत पुगेर लिखित जवाफ पेश गरेका उनले भनेका छन्, ‘सम्मानित अदालतले संविधानको व्याख्या गर्ने हो। त्यो जुलुस, नारा र भाषणको होइन, तसर्थ हाम्रो जुलुस नारा र भाषणले स्वतन्त्र र सुक्ष्म न्यायपालिका (अदालत)लाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन।’

आफूविरुद्ध सरकार र उनका नातेदारले निवेदन हाल्न लगाएको बताएका छन्। उनले आफ्नो उक्त भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आक्रोश भएको जनाएका छन्।

उनले देशको कार्यकारिणी पदमा बसेका, राज्यशक्ति र स्रोतमा पहुँच रहेकाले धम्की मात्रै होइन, अदालतमा रहेका मुद्दाका विषयमा बोल्दा पनि अदालतको अवहेलना हुने उनले जनाएका छन्।

अहिले आफू एउटा दलको नेता र सामान्य नागरिक मात्रै रहेकाले उक्त भनाइ अदालतको मानहानी हुन नसक्ने जिकिर प्रचण्डको छ।

यस्तो छ प्रचण्डको जवाफ  

https://drive.google.com/file/d/1p_nrSwtmPQR95XpOlqvZ70TbI2PCbOAW/view

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here