काठमाडौं । चन्द्रागिरी नगरपालिकामा राष्ट्रिय महिला अधिकार मन्च गठन भएकाे छ । ग्रमिण महिलाको अधिकारका लागी समुदायदेखि राष्ट्रियतह सम्म संगठन निर्माण र सुद्वढिकरण र परिचालन गर्ने र महिला अधिकार मन्चलाई ग्रामिण महिलाको शक्ती सामूहिक आवजको रुपमा स्थापित गर्ने उद्देश्यले २०६५ देखि देशब्यपी रुपमा ग्रामिण महिलाको आर्थिक सामाजिक राजनीतिक र सांस्कृतिक अधिकार सुनिश्चित गराई स्वतन्त्र सुरक्षित आत्मानिर्भर र मर्यादित जिवन सुनिश्चित गराउनका लागि गठन भएकाेे हाे । कार्यक्रम मन्चकै सदस्य रमिला योञ्जनको संयोजनमा सम्पन्न भएको थियो ।
मातातिर्थस्थित वडा कार्यलयको महिला भवनको हलमा भएको सो कार्यक्रममा ९ सदस्य कार्य समिति चयन भएको छ ।
जसमा अध्यक्षमा मिना गोपाली, उपाध्यक्षमा सुगन्धा सुवेदी सचिवमा सलु रायमाझि कोषाध्यक्ष सन्जिता खतिवडा सदस्यहरुमा अन्जना जर्गा मेरिना पलान्चोकी श्रेष्ठ नमिता थापा माया योगि सपना मर्हजन र सल्लाकारमा तथा कृष्णा माया पुर्कोटी रहेका छन् ।

















