विप्लवको ‘शान्ति-यात्रा’लाई स्वागत याेग्य

213

काठमाडौं- नेकपाको पुष्पकमल दाहाल  ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द ‘विप्लव’को कदमलाई स्वागत गरेको छ।

शुक्रबार सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममार्फत् ‘विप्लव’ सार्वजनिक भएका थिए। शुक्रबारै बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलकाे बैठकले स्वागत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

विप्लवले आफूहरु सरकारसँग भएको तीन बुँदे सहमतिप्रति प्रतिबद्ध गरेको बताएका छन्। उनले त्यसप्रति आशंका वा कुतर्क नगर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब वार्ता र संवादबाटै समस्याको समाधान खोजिने बताए। उनले ‘विप्लव’ नेतृत्वको नेकपासँग सरकारले कुस्ति नखेल्ने समेत बताएका छन्।

प्रचण्ड-माधव पक्षको नेकपाले भने प्रचण्डलाई संसदीय दलको नेतामा पुनः चयन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here