काठमाडौं । प्रभु बैंकले अाफ्ना शेयरधनीहरुको हितग्राही खातामा प्रतिशत बोनस शेयर जम्मा गरिदिएका छन् ।
कम्पनीले २६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले पुस १० गतेसम्म भौतिक शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको हो । पुस १० गतेपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर क्रमशः जम्मा गर्दै जाने व्यवस्था गरिएको कम्पनीले जानकरी दिएको छ ।
यसका साथै अहिलेसम्म बोनस शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


















