काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले संगठन निर्माणलाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको नेता शक्ति बहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार उक्त कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा छन् ।

















