प्रभावकारी खोप अमेरिकामा लगाउन थालियो, भारतकै खोपमा नेपालीलाई बाध्यता

61
-राज्यलक्ष्मि शाक्य
कोभिड-१९  कोरोना भाईरसको पहिलो प्रकोप अलि शिथिल भएको छ । नेपालमा मात्रै नभएर बिश्वभर नै पहिलो संक्रमण शिथिल भएको महशुस गरिएको छ । तर दोस्रो प्रजातिको कोभिडको प्रकोप भयावह रुपमा फैलिने क्रमले ब्यापकता पाएको छ । पहिलो प्रजाति र दोस्रो प्रजातिका कोभिड फरक रहेको कुरा चर्चामा आईरहेको सुन्न पाईन्छ । तथापी खोपको उत्पादनमा प्रतिस्पर्धा र खोप लगाएर सुरक्षित बन्न सकिन्छ भन्ने सोचाईले गर्दा खोप लगाउने पनि प्रतिस्पर्धा नै चलिरहेको छ ।
अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप मङ्गलबारसम्ममा देशका विभिन्न राज्यमा वितरण गरिसकेको जनाईएको छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गत शनिबार जोन्सनको खोप प्रभावकारी देखिएको भन्दै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
अमेरिकामा जोन्सन समेत तीन कम्पनीका खोपले प्रयोगको अनुमति पाएका छन् । यसअघि नै अमेरिकाले फाइजर र मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छ ।
अमेरिकामा हालसम्म पाँच लाखभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ लाई परास्त गर्न खोप र अन्य सचेतनामूलक कार्यक्रमलाई व्यापक बनाएका छन् ।
एक डोज मात्र लगाए पुग्ने जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडीए०ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको जानकारी गराउँदै कोभिड–१९ विरुद्धको सङ्घर्ष अझै समाप्त भइनसकेको जनाएका छन् । अमेरिकाले यसअघि फाइजर र मोडर्नाले विकास गरेका खोप प्रयोगमा ल्याइसकेको हो ।
राष्ट्रपति बाइडेनबाट जारी गरिएको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकोमा सबै अमेरिकी खुशी भएको भन्दै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न हामी सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।
बाइडेन प्रशासनका एक अधिकारीका अनुसार जोन्सनको खोप सबै राज्य, जातजाति, भूगोल तथा फार्मेसी र सामुदायिक स्वास्थ्य केन्द्रबाट उपलब्ध गराईएको थियो ।
अमेरिकामा हालसम्म ६ करोड ५० लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । जोन्सनको खोपलाई कम तापक्रममा पनि भण्डार गर्न सकिने र एक डोज मात्र लगाए हुने भएकाले यसको आपूर्ति व्यवस्था मिलाउन निकै सहज हुनेछ ।
क्लिनिकल ट्रायल (नमुना परीक्षण) मा जोन्सनको खोप संयुक्तराज्य अमेरिकामा ८५.९ प्रतिशत प्रभावकारी देखिएको थियो भने दक्षिण अफ्रिकामा ८१.७ र ब्राजिलमा ८७.६ प्रतिशत सफल पाइएको थियो ।
जोन्सनले यसअघि मार्चको अन्त्यसम्ममा दुई करोड तथा जुन महिनाको अन्त्यसम्ममा १० करोड डोज आपूर्ति गर्ने लक्ष्य राखेको
थियो ।
यता नेपालमा भने भारतमा उत्पादित खोप खरिद गरेर सरकारले जनतालाई प्रयोगमा लगाई सकेको छ । अमेरिकाम बनेको खोपको प्रभाव र यस्को सहजपनको चर्चाले भने नेपाली जनमासमा भारतीय खो किन लगाईए होला भनेर पश्चाताप नै पर्ने अवस्थामा पुराईएको छ ।जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here