यस फोनमा कम्पनीले ६.५३ इञ्चको डिस्प्ले दिएको छ। ठूलो डिस्प्ले भएकोले गेम खेल्न, मुभि हेर्न तथा अनलाइन कक्षाको लागि पनि सहज हुन्छ। पाँच हजार एमएएचको धेरै ब्याट्री क्षमता भएकाले ग्राहकलाई पटक–पटक फोन चार्ज गरिरहनु पर्दैन। १० वाटको फास्ट चार्जिङ सुविधा दिइएकोले चार्ज सकिहाले पनि प्रयोगकर्ताले थोरै समयमै फुलचार्ज गर्न सक्छन्।
- ६.५३ इञ्च डिस्प्ले
- ५ हजार एमएएच ब्याट्री
- १३ मेगापिक्सल ब्याक क्यामरा
- सेल्फी ५ मेगापिक्सल
- १० वाटको फास्ट चार्जिङ सुविधा
- २ जीबी र्याम/३२ जिबी स्टोरेज
- मूल्य ११ हजार ५ सय
यसमा मिडियाटेक हेलियो जी–२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु भएकाले फोन चलाउँदा सहज अनुभव हुन्छ।
यसमा २ जिबी र्याम र ३२ जिबी स्टोरेजमा किन्न सक्नुहुन्छ। फोन कार्वन ग्रे, ओसियन ग्रीन र स्काई ब्लु गरी तीन रङमा उपलब्ध छ। फोनको पछाडि कभरमा ग्रेडिएन्ट कलर डिजाइन गरिएको छ। सस्तो फोन खोज्दै हुनुहुन्छ भने रेड्मीको अन्य फोन पनि विकल्पमा छन्ः रेड्मी–गो, रेड्मी–७ए र रेड्मी–८ए डुअल।