अर्जेन्टिनका राष्ट्रपति सवार गाडीमा आक्रमण 

100

काठमाडौं–अर्जेन्टिनाका प्रदर्शनकारीले राष्ट्रपति सवार गाडीमा आक्रमण गरेका छन्। हालै आगलागी भएको अर्जेन्टिनाको जंगल क्षेत्रको निरीक्षणका क्रममा रहेका राष्ट्रपति अल्बर्टो फर्नान्डेजको गाडीमा प्रदर्शनकारीले आक्रमण गरेका हुन्।

राष्ट्रपति आउने सूचना पाएपछि भेला भएका प्रदर्शकारीले उनी चढेको गाडीमा ढुंगामुढा गरी गाडी तोडफोड गरेका हुन्। चुबुट क्षेत्रमा रहेको खानी खोल्ने सरकारी योजना विरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चुबुटमा रहेको सुन, चाँदी र युरेनियम क्षेत्रमा उत्खनन् गर्न थालेको भन्दै केही सातादेखि  सरकारको यो कदम विरुद्ध सडकमा उत्रेका थिए। आक्रमण लगत्तै सुरक्षा घेरा हाली राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here