श्रीलंकामा बुर्का प्रयोगमा प्रतिबन्ध

114

काठमाडौं–श्रीलंकाले सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाएको छ।

सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंका ले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ।

राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम लागु गरेको अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमले जनाएका छन्।  यसअघि छोटो समयको लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का प्रयो अब स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलंकाली अधिकारीले जनाएका छन्।

मन्त्रिपरिषदबाट पारित भइसकेको सार्वजनिक ठाउँमा बुर्का  प्रतिबन्धसम्बन्धी निर्णय संसदले अनुमोदन गर्न  भने बाँकी छ। यस सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमर्मा कडाइ गरिने सरकारी अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै योे निर्णय गरिएको जनाइएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here