काेभिड १९ विरूद्वकाे खोप लगाउँदै राष्ट्रपति भण्डारी

94

काठमाडाैं–राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिडविरुद्द (काेभिड ९) को खोप लगाउने भएकी छिन्। राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने कार्यमक्रम रहेको छ।

खोप लगाउन राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फागुन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएपछि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान सुरु भएको थियो। यो अभियान अन्तरगत ६५ वर्षमाथिका नागरिकलाई खोप लगाइएको छ। नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here