काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीलाई अन्तर स्थानीय तहमा कामकाज खटाउनेसम्बन्धी कार्य तत्काल लागि स्थगन गरेको छ ।
सम्पूर्ण स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइ नसकेको, कामकाज–सरुवालाई व्यवस्थित गर्ने सफ्टवेयर निर्माण हुने क्रममा रहेको, रिक्त रहेको पदहरुमा पदपूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको समेत पाइएको र कतिपय स्थानीय तहबाट विगतमा जारी भएका सहमतिपत्रबाट हाल सरुवा–कामकाजमा नखटाइदिन अनुरोध भइ आएकाले स्थगित गर्नुपरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।


















