धादिङमा ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुरेर हत्या

143

काठमाडौँ-   धादिङमा फागुनको तेस्रो साता एक महिलालाई जिउँदै पुरेर हत्या गरेकाे समाचार प्राप्त भएकाे छ ।

त्रिपुरासुन्दरी–१, सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई घटना लुकाउन जिउँदै पुरिएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गरेको छ।

४५ वर्षीया सरस्वती कुमाललाई  फागुन १७ गत‍े जिउँदै खाल्डोमा पुरेर हत्या गरिएकाे हाे । घटनामा संलग्न भएको आरोपमा डोजर चालक दाङका भीमबहादुर बुढाथोकी पक्राउ परेका छन्।

ठक्करबाट खाल्डोमा परेकी ती महिलालाई त्यसपछि चालक बुढाथोकीले वरिपरिबाट माटोले पुरिदिएको सीआईबीको दावी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here