जापानको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

115

जापानको मियागी प्रिफेक्चरमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिवार जापानी समय अनुसार साँझ ६ बजेर ९ मिनेटमा ७.२ म्याग्निच्युटको भूकम्प गएको छ ।   जापानको भूकम्प मापन सम्वन्धि संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार भूकम्प ६० किलोमिटर गहिराई केन्द्रभएर गएको हो । भूकम्पपछि १ मिटरसम्म अग्लो सामुन्द्रिक छाल सहितको सुनामीको चेतावनी जारी गरिएको छ । मौसम अधिकारीहरुले मियागी प्रिफेक्चरको सामुन्द्रिक किनार आसपासका नाग तत्काल घर छाडेर अन्यत्र अग्लो स्थानमा जान भनेका छन् ।  यसैगरी घरमा आगो नबाल्न , विद्युतीय सामग्री जोहो गरेर राख्न , अनुरोध गरिएको छ | भूकम्पपछि पुन यही मापन बराबरको पराकम्पन जाने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । भूकम्पपछि कयौं स्थानमा विद्युत आपुर्ती तथा खाने आपूर्ती अवरुद्ध हुन पुगेको र विस्तृत विवरण आउनेक्रम जारी रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।  जापान प्रतिनिधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here