कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली

393

धनगढी । कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्। भारतमा लकडाउनको हल्ला चलेसँगै कैलालीको गौरीफन्टा नाका भएर घर फर्कनेको संख्या बढेको हो।

भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशमा कोरोनाका बिरामी बढिरहेका छन्। कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेको छ।

भारतमा कोरोनाको दोस्रो चरणका बिरामी पनि थुप्रै फेला परेका छन्। कोरोनाको पहिलो चरणभन्दा दोस्रो भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपाली धमाधम घर फर्किन थालेका हुन्।

‘सीमा क्षेत्रमा पछिल्लो एक हप्तादेखि घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ । अहिले भारतबाट फर्किने सिजन होइन। एकै पटक चैते दसैंमा मानिस फर्किन्छन्। चैते दसैं वैशाख दोस्रो साता छ। पहाडतिर अझै खेतीपाती भित्र्याउने बेला पनि भएको छैन तर दैनिक चार–पाँच सय मानिस गौरीफन्टा नाकाबाट फर्किरहेका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here