महन्थलाई भेट्न बबरमहल पुगे वर्षमान

188

काठमाडौं, चैत ७ । जनता समाजवादी पार्टी (जसपा) भित्र नयाँ समीकरण निर्माणको विषयमा विवाद भइरहको बेला माओवादी केन्द्रका नेता वर्षमान पुनले जसपा अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् ।

ठाकुरलाई भेट्न पुन शुक्रबार दिउँसो पूर्व राजपाको पार्टी कार्यालय बबरमहल पुगेका थिए। ठाकुर र पुनबीच भएको कुराकानीमा अरू कसैलाई पनि सहभागी नबनाइएको स्रोतको भनाइ छ।

नयाँ समीकरण निर्माणको विषयमा कुराकानी भएको पूर्व राजपाका एक नेताले बताए। पछिल्लो समय महन्थ प्रधानमन्त्री ओलीसँग निकट मानिन्छन्। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here