वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सामान्य

68

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा एमालेका  वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको निजी सचिवालयले जनाएको छ।

खनालको स्वास्थ्यमा गम्भीर समस्या भनी समाचार प्रकाशित भएपछि उनको सचिवनलयले विज्ञप्ति प्रकाशित गरी उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

‘पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा विगत केही समय अगाडि सामान्य मात्र समस्या देखा परेको हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन।’

कुनै पनि व्यक्तिको स्वतन्त्रतासम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील  कुरामा परिवारसँग जानकारी नलिई अनावश्यक समाचार सम्प्रेषण नगर्नसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

वरिष्ठ नेता खनाल पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहेको उल्लेख गर्दै स्वकिय सचिव कृष्णभट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय, शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here