अवैध हतियार र गोली सहित मानिस पक्राउ

285

बारा । जितपुरसिमरा उपमहानगरपालिका-७ शान्ति टोलस्थित बाटो छेउबाट १ थान अवैध कटुवा पेस्तोल र २ राउण्ड गोली सहित महोत्तरी, महोत्तरी गाउँपालिका-२ बस्ने ४० वर्षीय प्रमोद कुमार चौधरी भूमिहारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत कार्यालय समेतबाट खटिएको प्रहरीले भूमिहारलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो ।

पाल्पाकाे  बगनासकाली गाउँपालिका-३ तल्लो सिञ्चास बस्ने ५८ वर्षीय हिरा बहादुर शारुलाई एकनाले अवैध भरुवा बन्दुक ३ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ   । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोलीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here