काठमाडौं। आइतबार नेपालमा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यस्तै ९५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसका साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । पछिल्लाे २४ घण्टामा दुइ हजार १०१ जनाकाे पीसीअार टेस्ट गरिएकाे थियाे ।


















