काठमाडाैं । के तपाईंकाे आँखा कमजाेर भएकाे छ र ? यदि दृष्टि बढेकाे छैन भने अव चिन्ता लिनुपर्दैन आँखाकाे कमजोरपना हटाइ बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ ? यहाँ यहाँ जनाइएका उपाय अपनाएमा भने तपाईंले चश्मा प्रयोग नगरिकनै दृष्टि बढाउन सक्नुहुन्छ ।
खासमा कुनै मांसपेशी प्रयोग गरिएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ । आँखालाई लगातार काममा दिनभरि लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुस् । माथि दिइएको चित्र अनुसारको अभ्यास क्रमैसँग गर्नुस् ।
चश्मा लगाउनुहुन्छ भने लगाउने समय घटाउनुस् । चश्माले हाम्रो आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चश्मा खोल्नुस् ।
गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुस् । थप फाइदाका लागि तपाईंले जुसमा जैतूनको तेल पनि हाले हुन्छ । यसो गर्दा गाजरका पोषक तत्त्व तपाईंले सोस्न सक्नुहुन्छ । माथि चित्रमा बताइएअनुसार आँखाको मालिश गर्नुस् । माझी औंलो र चोर औंलोले मालिश गर्नुहोला । मालिश गर्दा हल्का मात्र दबाब दिनुहोला ।
खुल्ला हावामा हिँड्दा टाढातिर दृष्टि फ्याँक्नुस् । आफ्नो खुट्टामा हेर्नुभन्दा परका कुरा हेर्नु ठीक हुन्छ ।
आँखालाई मनतातो पानीले धुनुस् । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र तपाईं ताजा महसूस गर्नुहुन्छ ।
ल्यापटप वा टिभीमा घन्टौं झुण्डिएर नबस्न्रु हाेला । राति सुत्नुअघि स्मार्टफोन नहेर्नुस् अनि राति निद्रा खुल्यो भने स्मार्टफोन हेर्ने बन्द गर्नुपर्छ ।
त्राटक गर्न थाल्नुस् । तर १२ देखि १५ मिनेटभन्दा बढी नगर्नुस् ।


















