विश्वकप छनोटमा पोर्चुगलको जित

111

काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोट अन्तर्गत लक्जेमबर्गलाई  पोर्चुगलले हराएकाे छ । मंगलबार राति भएको खेलमा लक्जेमबर्गले पहिले अग्रता लिए पनि त्यसलाई उल्टाउँदै पोर्चुगलले ३-१ को जित हात पारेको हो ।

खेलको ३०औँ मिनेटमा गेर्सोन रोड्रिगेसले गोल गर्दै लक्जेम्बर्गलाई १-० को अग्रता दिलाएका थिए । तर ४५औँ मिनेटमा पोर्चुगलका डिएगो जोटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे । ५१औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाएका थिए । पोर्चुगलका लागि उनको यो १०३औँ गोल हो । त्यसपछि ८०औँ मिनेटमा जोआ पाल्हिन्हाले गोल गर्दै पोर्चुगललाई ३-१ को जित दिलाएकाे छ । ८७औं मिनेटमा म्याक्सिम छनोटले दोहोरो पहेलो कार्ड पाएपछि लक्जेम्बर्ग १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि समूह ए मा दोस्रो जित हात पारेको पोर्चुगल ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । लक्जेम्बर्ग २ खेलबाट ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । अजरबैजानलाई २-१ ले पराजित गर्दै ३ खेलबाट ७ अंक जोडेको सर्विया गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा रह्याे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here