नेपालमा काेराेना भाइरसकाे जोखिम बढ्यो

60

काठमाडौं– भारतमा दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेकाले नेपालमा जोखिम बढ्ने जनाइएकाे छ ।

भारतका विभिन्न सहरमा निषेधाज्ञा सुरु भएसँगै कामका लागि गएका नेपालीहरु फर्कने क्रम सुरु भएकाले पनि जोखिम बढ्ने विज्ञहरुले जनाएका छन्।

पछिल्लो समय भारतमा थप ५३ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण खेखिएको जनाइएकाे छ । यसअघि गत सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको कुल संख्या १ करोड २१ लाख ४८ हजार ४८७ पुगेको छ ।

भारतमा हालसम्म १ करोड १४ लाख ३२ हजार ५२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ५३ हजार ९३३  जना अझै सक्रिय संक्रमणकै अवस्थामा छन्।  पछिल्लो २४ घण्टामा ३५५ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ५०२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here