भारतमा एकैदिन ९० हजार काेराेना संक्रमित

146

एजेन्सी । भारतमा गत जनवरी १६ देखि नै कोरोनाविरुद्धको खोप कार्यक्रम सुरुवात भएको छ।

खोप लगाउन थालिएसँगै कोरोनाको खतरा नियन्त्रण हुने विश्वास व्यक्त गरिएको थियो।

तर त्यहाँ कोरोना भाइरसको संक्रमण तीव्र गतिमा झनै बढ्न थालेको छ। गएको २४ घण्टामा भारतमा झन्डै ९० हजार मानिस कोरोनाबाट संक्रमित बनेका हुन्।

बीबीसीहिन्दीका अनुसार त्यहाँ एकैदिन ८९ हजार १२९ जना संक्रमित बनेका हुन्। सोही अवधिमा ७१४ जनाको भाइरसकै कारण मृत्यु भएको बताइएको छ।

यसअघि शुक्रबार मात्र भारतमा ८० हजारभन्दा बढी एकैदिनमा संक्रमित भएका थिए। झन्डै दुई हप्तायता भारतमा कोरोना तीव्र गतिमा बढेको देखिएको हो।

गएको २४ घण्टामा थपिएका संक्रमित गतवर्षको सेप्टेम्बर महिनायताकै धेरै भएको बताइएको छ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड २३ लाख ९२ हजारभन्दा बढी पुगेको छ। यहाँ कोरोनाबाट १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भइसकको छ।

भारतमा हालसम्म ७ करोड ३० लाख ५४ हजार २९५ ले कोरोनाविरुद्ध खोप लगाएको पनि जानकारी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here