सेल्फीले बनाउन सक्छ डिप्रेसनको शिकार !

14

एजेन्सी । आजको युग  स्मार्ट फोनकाे युग हाे प्रायः जसाे मानिसहरु सेल्फी क्लिक गरेर सामाजिक सञ्जालमा पोस्ट गर्न धेरैले रुचि देखाउँछन्। प्रविधिको युगमा सेल्फी लिएर मानिस खुशी त भएका छन् तर यसको नकारात्मक पक्ष पनि उत्तिकै प्रबल छ।

मानिसहरू अचेल स्मार्ट फोनबाट सेल्फी लिएर त्यसमा फिल्टर लगाइरहेका छन् र तस्वीरमा जस्तै राम्रो अनुहार बनाइदिन चिकित्सकहरूलाई हैरान गरिरहेका छन्।

एनग्याजेटको रिपोर्टअनुसार, लाखौं मानिस सेल्फी खिचेर एडिट गर्दै सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्। इन्स्टाग्राम, स्न्यापच्याट र फेसट्युन जस्ता एप यसमा संलग्न छ।

यी फिल्टरहरू मानिसलाई सुन्दर देखाउनका लागि बनाइएको हो। यसको सहायताले मानिस आफ्नो रंग गोरो बनाउँछन्। नाक राम्रो र चुच्चो बनाउँछन् । ओठलाई सुडौल बनाउँछन् र राम्रो देखिने प्रयास गर्छन् ।

मानिसहरू यी तस्वीर लिएर प्लास्टिक सर्जनकहाँ गइरहेका छन् र सफ्टवेयरमा देखिएको तस्वीर जस्तै सुन्दर बनाउन भनिरहेका छन् ।

चिकित्सकहरूका अनुसार, यस्ता किसिमका सफ्टवेयरले मानिसको मानसिक स्थितिमा नकारात्मक प्रभाव पारिरहेको छ । यसलाई बडी डिसमोर्फिक डिसअर्डर भनिएको छ।

यो रोग लागेपछि मानिस एडिट गरिएको तस्वीर हेरेर आफूमा दोष र कमी खोज्न थाल्छन् र अनि फिल्टर गरिएको फोटो हेरेर त्यस्तै बन्ने जिद्दी गर्न थाल्छन् ।

मानिसहरू यी एपबाट बनाइएका तस्वीर हेर्दै प्लास्टिक सर्जरी गराउन थालेका छन् । यस्तो केस आउन थालेपछि चिकित्सकहरूले पैसाको लोभ नगरिकन रोगीलाई मानसिक विकारग्रस्त भन्दै केस लिन मानेका छैनन् ।

सेल्फी जस्तो सुन्दर देखिन चाहने केही मानिस त डिप्रेसनको शिकार भइसकेको बताइन्छ ।  यसलाई मानसिक रोग नै घोषणा गरिनुपर्ने र यससम्बन्धी सचेतता फैलाइनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here