काठमाडौं । नेपालमा कोरोना भाइरसका ३३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार एकसय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएका थिए । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार ८१९ पुगेको छ ।
यसका साथै काठमाडाैं उपत्यकामा १६३ जना सङ्क्रमित थपिएकाे छ । काठमाडाैंमा १६३, ललितपुरमा २६ र भक्तपुरमा ५ जना सङ्क्रमित थपिएका छन् ।
नेपालमा हाल २२ सय एकजना सकृय सङ्क्रमित रहेका छन् । नेपालमा निकाे हुने दर घटेकाे छ । नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ५२९ निकाे भएका छन् ।















