गायिका मीनाकुमारी महर्जनको एकसाथ सात भिडियो सार्वजनिक

18

काठमाडाैं ।  इन्द्रेणी सांस्कृतिक समाज (इसास) कीर्तिपुरद्वारा शनिबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमबीच कीर्तिपुरकी गायिका मीनाकुमारी महर्जनको एकल स्वर रहेको विभिन्न सात गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।

गायिका महर्जनको एकल स्वर रहेको ७ गीतको म्युजिक भिडियो प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सार्वजनिक गरेका थिए ।  महर्जनले गायिका महर्जनलगायत कीर्तिपुरका कलाकारबारेको एउटा अभिलेख तयार गर्ने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा सार्वजनिक गरिएका गीतहरूमा शम्भुराम महर्जन, प्राडा चन्द्रमान बज्राचार्य, लोककवि राजभाइ जकःमि, जनकवि दुर्गालाल श्रेष्ठ, चन्देश्वर महर्जनलगायतको रचना रहेको छ भने गुजे मालाकार, सन्तोष महर्जन, तीर्थ मालिलगायतले संगीत दिएका छन्।

म्युजिक भिडियोको निर्देशन पवन जोशी र ललेन्द्र शाक्यले गरेका छन्।  कार्यक्रमका आयोजक इन्द्रेणी सांस्कृतिक समाज (इसास) का अध्यक्ष वीरप्रसाद भन्सालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगीतज्ञ अमरराज शर्मा राजोपाध्याय र साहित्यकार एवं सञ्चारकर्मी मीना बज्राचार्यले म्युजिक भिडियोहरुको समीक्षा गरेकी थिइन् भने पत्रकार विजयरत्न असम्बरेले सार्वजनिक गीत र म्युजिक भिडियोबारे चर्चा गरेका थिए।

साे कार्यक्रममा गायिका दीपा महर्जनले सञ्चालन गरेको कार्यक्रममा प्राडा चन्द्रमान बज्राचार्यले पनि गीत–संगीतबारे चर्चा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here