रासपा नेपालका अध्यक्षद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

353

काठमाडौं –राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले नव वर्ष २०७८ सालको शुभकामना व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति निकाल्दै अध्यक्ष पुलामीले नँया वर्षको शुभकामना व्यक्त गरेका हुन् ।

यस्तो छ प्रेस विज्ञप्ति
अहिले विश्वभर महामारीको दाेस्राे लहर फैलदै गरेको नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणले विश्व मानव जातिलाई नै चुनौती दिरहेको र यस भाइरस जन्य संक्रमणबाट हाम्रो देश पनि अछुतो रहन सकिरहेको छैन । यस प्रकारको असामान्य परिस्थितिसंग मुकाविला गर्ने क्षमता सबै नेपालीमा प्राप्त हुने विश्वास लिंदै, कोभिड-१९ विरुद्धको संघर्षमा विश्वमानव जातिको पूर्ण विजयको वर्ष २०७८ बन्न सफल रहनेछ भन्ने आशाका साथ हाम्रो दल “राष्ट्रिय समाजवादी पार्टी, नेपाल” सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछ । साथै, नव वर्ष २०७८ ले प्रत्येक नेपालीलाई आफ्नो जीवन रक्षा लगायत हरेक असहज परिस्थितिसंग लड्नका लागि उच्च आत्मबल, थप उर्जा, शक्ति, प्रेरणा र साहस प्राप्त होस् भन्ने कामना गर्दछ ।

कोभिड – १९ को कारण सिर्जित वर्तमान असहज परिस्थितिमा, यसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति-निर्देशनलाई पूर्णरुपले आत्मसात गरी संक्रमण विरुद्धको संघर्षमा होमिएका स्वास्थ्यकर्मी, राज्यका सुरक्षाकर्मी र अन्य विविध निकायहरुलाई हाम्रो दल विशेष धन्यवाद दिन चाहन्छ ।

यस कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन नेपाल सरकार चुकिरहेको छ । भने, आफ्नो जीवनलाई जोखिममा राखी अहोरात्र संघर्षमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको तलब भत्ता बढाउनुको सट्टा उल्टै उनीहरुका सुविधाहरु काट्ने स्वास्थ्य सामग्री, उपकरण खरिदमा चरम भ्रष्टाचार, स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय, राहत वितरणमा अपारदर्शिता, लापरवाही, कालाबजारी तथा नेपाल बाहिर रहेका आफ्ना नागरिक र देशभित्र रहेका श्रमिकहरुप्रति गैर-जिम्मेवार जस्ता अमानवीय प्रकृतिका गम्भीर शृंखलाहरु बढ्दै गएकोमा हाम्रो दल रासपा, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

अन्तमा; संसारभर कोरोना जन्य कोभिड १९ भाइरसका कारण अकालमा ज्यान गुमाउन पुगेकाहरुप्रति हार्दिक श्रद्धान्जली, संक्रमित बिरामीहरुमा शिघ्र-स्वास्थ्यलाभको कामना, मृतका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै, आम नागरिकहरुलाई कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन आवस्यक उपायहरु अवलम्बन गर्नहुन हार्दिक अपिल गर्दछौं ।
धन्यवाद !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here