काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चुनौती दिदै एमसीसीबारे मतदानमा जानका लागि भनेका छन् । उनले मतदानबाट एमसीसीबारे टुंगो लगाउने गरी आउन चुनौती दिएका हुन् ।
रावलले पार्टी अध्यक्ष ओलीले आजका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भने । एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै अवैध बैठकमा सहभागी हुन नसक्ने तर्क गर्नु भयाे ।


















