कोरोनाविरुद्धको दोस्रो डोज लगाउने अभियान सुरू

164

काठमाडौं/कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सुरू हुँदैछ। खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ। अभियान वैशाख ११ सम्म जारी रहनेछ।

कोरोनाविरूद्धको पहिलो डोज खोप गत माघ १४ देखि फागुन १० सम्म लगाइएको थियो। उक्त अवधिमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान र बैंकमा तथा वित्तीय संस्थाका कर्मचारीलगायतले खोप लगाएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभियान देशभर सञ्चालन हुने जनाएको छ। प्रदेश १, लुम्बिनीका केही ठाउँमा खोपको दोस्रो मात्रा लगाइसकेका छन्। पहिलो चरणमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप ४ लाख ३८ हजार ८७९ जनाले लगाएका थिए।

काठमाडौं उपत्यकाका लागि १९ केन्द्र तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here