59

काठमाडौं /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेका विरोधीहरु वास्तवमै देश विरोधी भएको आरोप लगाएका छन्।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेको सरकार किन ढाल्नुपर्‍यो भन्दै प्रश्न गरे।

‘हाम्रो विकासको अभियान देखेर हाम्रा विरोधीहरु आत्तिएका छन्। एमाले विरोधी भनेको वास्तवमा देश विरोधी हो। राष्ट्रियता विरोधी हो। किन एमाले सरकार ढाल्नुपर्‍यो ?’, उनले भने।

ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी सामेल गरेर नक्सा छापिएपछि विरोधीहरुले सरकार नढाली नहुने कसम खाएको बताए। सो नक्सा छापिएपछि विरोधीहरुको छाती हुरहुर जलेको उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here