काठमाडौं । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘एकता’ शीर्षकको कला प्रदर्शनी जारी रहेकाे छ ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग र ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा सञ्चालन गरिएको शिक्षामा सीप कार्यक्रमअन्तर्गत ४६ विद्यालयमा ‘स्केचिङ एण्ड स्कल्प्चर’ मोड्युलमा संलग्न प्रशिक्षक तथा सहायक प्रशिक्षक कलाकारहरूले सिर्जना गरेका कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शिक्षा र कलाबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । ‘सिर्जनशील व्यक्तित्व र समाज निर्माणमा कलाको भूमिका विशेष रहन्छ’, उहाँले भन्नुभयो, ‘सामाजिक रूपान्तरणमा कलाकारको भूमिका महत्वपूर्ण हुनेभएकाले यस्ता प्रदर्शनीमार्फत नेपाली समाजको वस्तुस्थितिको चित्रण गर्नु आजको आवश्यकता हो ।’
प्रदर्शनीमा महानगरपालिका अन्तर्गतका पशुपति मित्र, श्रम राष्ट्रिय, वाल व्यवसायी केन्द्र, शिवपुरी, शान्ति विद्यागृह, बाँसवारी, महेन्द्र राष्ट्रिय, धूम्रबराह, टंगाल, नन्दी, पद्मोदय, शहीद शुक्र, पद्मोकन्या, विजय स्मारक, भानु, संस्कृत बौद्ध, रत्नराज्य, महेन्द्रबौद्ध, नव जागृति, जनकल्याण, ज्ञानोदय, जनप्रभात, नीलबाराही, कुलेश्वर, जनविकास, जनपथ, शान्ति निकुञ्ज, नेपाल आदर्श, बाल सेवा, विश्व निकेतन, गुहृयेश्वरी बाल शिक्षा, सरस्वती निकेतन, कन्या मन्दिर, शान्ति शिक्षा मन्दिर, गीतामाता, शारदा, भीमसेनगोला, शीतला, सिद्धिगणेश, तरुण, जुद्धोदय, नेपाल युवक, जनजागृति ज्ञानरश्मि, सिद्धेश्वर र कोटेश्वर सरस्वती माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षकहरूद्वारा तयार पारिएका कलाकृति समावेश छन् ।
प्रदर्शनीमा सहभागी प्रशिक्षक तथा सहायक प्रशिक्षकहरूमा केशवराज खनाल, जया शर्मा, रीता मानन्धर, मुना भडेल, मनरा प्रजापति, प्रद्युम्न श्रेष्ठ, यशस चन्द्र अर्याल, लीलाधर केसी, विनोदकुमार गुप्ता, भीम सुब्बा (बाबु साइला), ध्रुवराज शर्मा, लक्ष्मी मास्के (पुनम), उमा खड्का, विनोद लिम्बु, किशोर नकर्मी, दीपक कुँवर, सुदन थापामगर, करिमा जोशी, कान्छाकाजी भासिमा, रोनिसा श्रेष्ठ, आशिष थापा, सानुराज डंगोल, भुफान लिम्बु, चन्द्रा श्रेष्ठ, न्हुजः श्रेष्ठ, अश्मा राई, उजेम मानन्धर, श्रेया दुवाल, सुजनवीर बज्राचार्य, सुस्मिता मिजार, चित्र मगर, सिकन्द्र चौधरी, इन्केश घर्ती, संघमित्रा बज्राचार्य, अग्रिम राई, सुजिता चौधरी, उषिना महर्जन, दीपा खनाल, सुयोग महर्जन, जेनी घले, प्रितम थापा, झर्ना राई, रोजन खड्का, रविन्द्र खनियाँ, रीति महर्जन, करुणा श्रेष्ठ, सरिना लामिछाने, सुस्मिता मोक्तान, सरला नकर्मी, प्रतिभा चौधरी, सरद दर्शनधारी, सुरज श्रेष्ठ, आशा माया लामा, कमला खड्का, सुशीला मोक्तान, रितु थापा, रतिना बज्राचार्य, दीपक आउजी, कार्मा टासी गुरुङ, गंगा वस्ती, रोजेन मुनिकार, टेकबहादुर केप्छाकी मगर, सुमित्रा बराल, पूजा महर्जन, रोहित महर्जन, लक्ष्मीप्रसाद खोटेजा, सर्जु कपाली, जुनु तामाङ, मीना महर्जन र मनिषा डंगोल रहनुभएको छ । ‘एकता’ कला प्रदर्शनी असार १३ गतेबाट असार २० गतेसम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिसरमा सञ्चालन हुनेछ ।


















